अन्तर्राष्ट्रिय

राम लल्लाको घरमा चोरी, लाखौँको सडक बत्ति रातारात गायब

Banner

भारत, साउन ३०-

भारत उत्तर प्रदेशको अयोध्यामा चोरले ५० लाखभन्दा बढीको सडकबत्ती चोरेका छन्।

अयोध्यास्थित भक्तिपथ र रामपथमा लगाइएका ३ हजार ८ सय बम्बु लाइट र ३६ वटा गोबो प्रोजेक्टर लाइट चोरले चोरी गरेर लगेको छ।

अयोध्याको सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित मानिने उक्त स्थानमा चोरी हुँदा पनि प्रहरीसहित कसैले पनि जानकारी समेत पाउन सकेनन्।

रामपथमा जडान ६ हजार ४ सय बम्बु लाइट जडान गरिएको थियो भने भक्तिपथमा ९६ गोबोलाइट जडान गरिएको थियो। जसमा चोरले ३८ सय बम्बुलाइट र ३६ गोबोलाइट चोरेका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। पछिल्लो समय अयोध्यामा राम मन्दीरको उद्घाटन पछि त्यहाँ श्रद्धालु भक्तजनको निकै भिड बढेको हुँदा सम्भावित जोखिमलाई ध्यानमा राखी त्यहाँको सौन्दर्ययीकरण गरिएको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>