Breaking News

जनार्दनको लिखित प्रस्तावबारे प्रचण्डले भने- चिन्ता लिनु पर्दैन, सबै मिलेर जान्छ

Banner

काठमाडौं,साउन २८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा राखेको प्रतिवेदनबारे टिप्पणी गर्दै सबै कुरा मिलेर जाने बताएका छन्। सोमबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। बैठकपछि सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा प्रचण्डको भनाइ उद्धृत गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले भने, ‘केही हुँदैन। सबै मिलेर जान्छ।’उनले बैठक सकारात्मक रुपमा अघि बढेको सापकोटाले बताए।

‘कहिलेकाहीँ सत्य एउटा हुन्छ, अंशमा गर्दा कस्तो कस्तो हुन्छ। त्यस्तै भएको मात्रै हो। भित्र स्तरिय छलफल भएको छ, बाहिर अंश अंशमा जाँदा त्यस्तो भएको छ।’उनले अघि भने, ‘यो सामान्य रुपमा कोहीले मौखिक भन्छन्, कोहीले लिखित दिन्छन्। उहाँले भनेको के हो भने, यी सबै कुरा धेरै राम्रोसँग हल भएर जान्छन्।’

सोमबारको बैठकमा बोल्ने नेताहरूले माओवादी पार्टी परिवर्तनको पक्षधर भएको र यसलाई एकतावद्ध बनाउनुपर्ने कुरा राखेको उनले बताए। ‘नेपाली जनताले माओवादी परिवर्तनको पक्षधर हो, त्यसकारण एकतावद्ध हुनुपर्छ। यो एकतावद्ध भएन भने देशलाई घाटा हुनसक्छ भन्ने चिन्ताका साथ उठाइएको उहाँलाई थाहा छ,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>