चितवन विशेष

एमाले भरतपुर–३ को अध्यक्षमा कृष्ण भण्डारी चयन

Banner

चितवन, साउन २७-

नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् ।

शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् ।

अधिवेशनमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जगंन्नाथ थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र सुवेदी, जिल्ला कमिटी सदस्य सुदिप रेग्मी, महानगर अध्यक्ष शंकर थपलिया, उपाध्यक्ष दिलिप न्यौपाने, जननिर्वाचित वडाध्यक्ष विकाश थापा, पार्टी नेता खोमकान्त रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा वि.सं. २०४६ सालपूर्व पार्टी निर्माणमा योगदान पुर्याउने १६ जना अग्रहजहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा कृष्णप्रसाद बोलखे, भानुभक्त उपाध्याय, टिकाराम सुवेदी, लक्ष्मण शर्मा पौडेल, चिजकुमार श्रेष्ठ, खोमकान्त रेग्मी, सुभद्रा पोखरेल, अम्रित श्रेष्ठ, टेकबहादुर थापा, दुर्गाराज पन्त, चक्र रुचाल, चिन्तामणी पौडेल, गोकुलबहादुर थापा र स्व. खेमलाल पौडेल, स्व. शम्भु विष्ट, स्व. अन्नपूर्ण थापाका परिवारसमेत हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>