चितवन विशेष
लोकतन्त्रमा व्यक्ति बलियो होइन संस्था बलियो बन्नुपर्छः नेता रिजाल
०

चितवन,साउन २५-
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।”
कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ ।”
बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको उहाँको भनाइ थियो । जनताको विश्वासमा घात हुन नहुने रिजालले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























