चितवन विशेष

अमेरिका र क्यानडा पढ्न जान बिना धितो शैक्षिक कर्जा, शनिवार हुने कार्यक्रममा पाइन्छ सबै जानकारी

Banner

भरतपुर,२४ साउन ।

उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा जान चाहाने विद्यार्थीलाई बिना धितो शैक्षिक कर्जा उपलब्ध हुने भएको छ । चितवनको ल्याण्डमार्क एजुकेशनले अमेरिकी वित्तिय संस्था यम्पाओर फाइनान्सिङसंग समन्वय गरेर अमेरिका क्यानडा पढ्न जान चाहाने विद्यार्थीलाई विना धितो शैक्षिक कर्जा उपलब्ध गराउने भएको हो ।

ल्याण्डमार्क एजुकेशनले मास्टर डिग्री अध्ययन गर्न जान चाहाने विद्यार्थीका लागि साउन २६ गते शनिवार इन्फरमेशन सेसनको आयोजना गरेको छ । ल्याण्डमार्क एजुकेशनको कार्यालय शहिदचोकमा हुने सेसनमा यम्पाओर फाइनान्सिङका प्रतिनिधिहरु आउनेछन । नेपालको बैंकहरुले जस्तै यम्पाओर फाइनान्सिङले विद्यार्थीका लागि एक लाख डलरसम्म एजुकेशन लोन उपलब्ध गराउनेछ । बिना धितो, बिना इन्कम सोर्स शैक्षिक लोन पाइने ल्याण्डमार्क एजुकेशनका चितवन शाखा प्रमुख अच्युत पण्डितले जानकारी दिनुभयो । उहाँले कार्यक्रम शनिवार १ बजेदेखि ४ बजेसम्म संचालन हुने बताउनुभयो । यम्पाओरले युएसएका करिब ४१२ र क्यानडाका २४ युनिभर्सिटीसंग सहकार्य गरेर शैक्षिक लोन उपलब्ध गराएको छ ।

ल्याण्डमार्क एजुकेशनले विगत २४ वर्षदेखि युएसए, क्यानडा, अष्ट्रेलिया, युके लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याण्डमार्कको चितवन, बुटवल, विराटनगर र सिड्नी अष्ट्रेलियामा शाखा कार्यालय रहेका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>