चितवन विशेष

कुमारी बैंकका ग्राहक र कर्मचारीले पुष्पाञ्जली अस्पतालमा विशेष छुट पाउने

Banner

चितवन, साउन २४-

कुमारी बैंक लिमिटेडका ग्राहक र कर्मचारीले भरतपुरको पुष्पाञ्जली अस्पतालमा उपचार सेवामा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा बैंक र अस्पताल बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँग आवद्धता प्रमाणका आधारमा अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। सो सम्झौता बमोजिम ग्राहक तथा बैंकका कर्मचारीहरुको लागी अस्पतालले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुटहरु प्राप्त गर्न सक्नेछ ।

सम्झौतामा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश (उपत्यका बाहिर) प्रमुख राज कुमार श्रेष्ठ र सौराहा शाखाका शाखा प्रवन्धक नरेन्द्र महतोले हस्ताक्षर गरेका थिए भने पुष्पाञ्जली अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारी र सामाजिक सेवा एकाई इन्चार्ज केदार प्रसाद सुवेदीले हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>