मनोरञ्जन

मलिका शीर्ष अभिनय रहेकोफिल्म सतीदेवीको ट्रेलर युट्युब ट्रेन्डिङमा

Banner

काठमाडौं, साउन २३-

नेपाली फिल्म सतीदेवीको ट्रेलर युट्युब ट्रेन्डिङमा रहेको छ । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सतीदेवीको ट्रेलर २ लाखभन्दा बढी भ्युजका साथ युट्युब ट्रेन्डिङमा परेको हो ।

ट्रेलर हाल युट्युब ट्रेन्डिङमा फिल्म विधाको तेश्रो स्थानमा देखिन्छ। यो फिल्मको केही दिनअघि सार्वजनिक ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा अभिनेत्री मलिका महतको शीर्ष अभिनय रहेको छ । साथमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ लगायतको अभिनय छ। सामाजिक कथामा बनेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखन एवं निर्देशन गरेका हुन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मलाई श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन्। फिल्मले छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने जनाइएको छ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>