Breaking News

नाग्दी खोलामा पहिरो हटाउने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा लोडर चालक घाइते

०
Banner

चितवन, साउन २३–

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुंगा खस्दा लोडरका चालक घाइते भएका छन् । पृथ्वी राजमार्गमा आज बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः२०को समयमा माथिबाट आएको ढुंगाले लागेर लोडर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते हुनेमा सगुन कन्ट्रक्सनका लोडर चालक गल्छि गाउँपालिका ६ बस्ने ४६ बर्षिय लिलाधर अधिकारी रहेका छन् । उनको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको उपचारका लागि भरतपुर तर्फ ल्याईएको छ । बिहान गएको पहिरो पन्छाउन अझै केही समय लाग्ने देखिएको छ । अहिले एक वटा स्काभेटर र १ वटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् । आज चितवन लगायत देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>