Breaking News

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

Banner

काठमाडौं,साउन २३-

बंगलादेशमा राजनीतिक अस्थिरताका बीच मंगलबार राति अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन्।

राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको प्रेस सचिवले जानकारी दिए।बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति थियो। विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुंगो लगाइने प्रेस सचिवले जानकारी दिए। विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो।

युनुस हाल देशबाहिर छन्। तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>