Breaking News
इच्छाकामनाको नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
०

चितवन, साउन २३-
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब ७ः४० बजेको समयमा पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
पहिरो पन्छाउन करिब डेढ घण्टा लाग्ने उनले बताए । राजमार्ग खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पुगेको छ । आज चितवन लगायत देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























