Breaking News

निरन्तरको वर्षाले भरतपुर विमानस्थलका उडान प्रभावित

Banner

चितवन, साउन २२-

प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् ।
मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विमानस्थलका उडान प्रभावित भएको हो ।

विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक १० वटा उडान हुँदै आएका छन् । विमानस्थलमा बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म उडान हुँदै आएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>