चितवन विशेष
नारायणी किनारको झाडीमा लुकेको बाघ अझै नियन्त्रणमा आएन,सौराहाबाट थप हात्ती ल्याइदै
०

चितवन,साउन २०-
नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तीलाई आक्रमण गरेर झाडीमा १३ घण्टाअघि लुकेको बाघ अझै नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन् कठिन भएको छ ।
बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकहरू मध्यान्हदेखि खटेका छन् ।
बाघले आइतबार बिहान साढे ५ बजे तिर नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन तीनवटा हात्ती आए पनि बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका छन् । ती हात्ती भागेपछि सौराहाबाट थप दुई हात्ती आउँदै छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























