मनोरञ्जन
रमित ढुङ्गानाको फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीले गरे डबिङ
०

काठमाडौं, साउन २०-
प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा डबिङ गरेका हुन् ।
रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् ।
यो फिल्म भदौ ७ गते हलमा रिलिज हुने जनाइएको छ ।
मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाहलगायतको अभिनय छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























