मनोरञ्जन

धेरै संघर्ष पछि उपाधि जित्न सफल भएँः मिस नेपाल आश्मा

Banner

काठमाडौँ, साउन १९-

मिस नेपाल आश्माकुमारी केसीले मिस नेपालको उपाधि धेरै संघर्ष पछिको फल भएको बताएकी छिन् । शनिबार मिस नेपालको उपाधि उचाल्दै आश्माले आफ्नो सपना पुरा भएको भन्दै मिस नेपाल हुन धेरै संघर्ष गर्नुपरेको बताएकी हुन् । उनले सानैदेखि मिस नेपाल बन्ने सोच राखेको समेत बताइन् । ‘सानैदेखि मिस नेपाल बन्ने सोच्थे । तर, मनमा के म त्यहाँ पुग्न सक्छु त भन्ने सँधै प्रश्न उब्जन्थ्यो’ केसीले भनिन् ‘आज सपना पुरा भएको छ ।’

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्मा ‘मिस नेपाल २०२४’ बनेकी छन् । उनीसँगै यो वर्ष ‘मिस नेपाल इन्टरनेसनलुको उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै,’ मिस नेपाल अर्थ’को उपाधि सुमना केसीले उचालिन् ।

उनले नेपाललाई प्रतिनिधित्व गरेर मिस वर्ल्डमा पुग्न पाउँदा निकै उत्साहित रहेको बताइन् ।  यसका लागि तयारी समेत छिट्टै थाल्ने बताईन । २६ वर्षीया आश्माकुमारी उद्यमी तथा सोसल वर्ककी विद्यार्थी हुन् । मिस नेपालको यात्रा तय गर्न आफूले थुप्रै चुनौतीको सामना गर्नुपरेको उनी सुनाउँछिन् । सोसल वर्कमा स्नातक गरेकी उनी इम्पोर्ट डिस्ट्रिव्युसन एक्सपोर्टको व्यवसायमा सक्रिय छिन् । १८ वर्षको उमेरमै आश्माले अनलाइन व्यापार सुरु गरेकी थिइन् । १२ को पढाई सकिनेबित्तिकै आश्माको आमा बुवाले सोध्नुभयो, ुविदेश जान्नौ रुु तर, आश्मालाई नेपालमै केही गर्नुथियो । त्यसैले परिवारसँग पनि उनी नेपालमै केही गर्ने सोचहरु राख्थिन् ।  विदेश नजाने त्यही इखले आफूलाई अनलाइन व्यापारमा सक्रिय बनाएको उनी सुनाउँछिन् । अहिले व्यवसायको यही क्षेत्रमा म सक्रिय रुपमा अगाडि बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>