मनोरञ्जन

मेरी बास्सैमा धुन्धुकारीको अभिनय गरेका माग्ने बुढाका छोरा आशिषले होस्टेल–३ बाट डेब्यु गर्दै

Banner

काठमाडौं, साउन १९-

निर्माणको चरणमा रहेको चलचित्र ‘होस्टेल–३’बाट आशिष घिमिरेले डेब्यु गर्ने भएका छन् । चर्चित हास्य टेलिचलचित्र मेरी बास्सैबाट अभिनय सुरु गरेका आशिषले ‘होस्टेल–३’ मा डेब्यु गर्ने लाएका हुन् ।

आशिषले बाल्यकालमा मेरी बास्सैमा ‘धुन्धुकारी’ नामक पात्रको रोलमा काम गरेका थिए । उनी चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ का छोरा हुन् ।

चलचित्र ‘होस्टेल–३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो चलचित्र फागुन १६ गते रिलिज हुनेछ । यो चलचित्रको प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी अनुबन्धित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>