मनोरञ्जन

मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आज, उपाधिका लागि २६ सुन्दरी प्रतिस्पर्धामा

Banner

काठमाडौं, साउन १९-

मिस नेपाल २०२४ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रत्यक्ष प्रसारण अपराह्न ४ बजेदेखि हिमालय टिभी एचडीले गर्नेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको र कार्यक्रमलाई भव्य तुल्याइने द हिडन ट्रेजरले जनाएको छ । समारोहमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोलीसहितका अन्तर्राष्ट्रिय पाहुना पनि सहभागी हुनेछन् ।

यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल(२०२४ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ सहविधा पनि सामेल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>