Breaking News

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ

Banner

काठमाडौँ, साउन १८-

नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ रेकर्ड कायम गरेको हो । यो सँगै बजारमा सुनको मूल्य तोलामै करिब डेढ लाख पुग्न गएको छ ।आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>