भिडियो

‘विस्तराले पोल्यो’ गीत आलोचना भएपछि शान्तिश्रीले माफी माग्दै भनिन्–आउँदा दिनमा छनोट गरेर गाउनेछु

Banner

काठमाडौं, असार १६-

पछिल्लो ‘गीत विस्तराले पोल्यो’ लाई लिएर आलोचना भइरहेको छ । पाँच दिनअघि सार्वजनिक सो गीतमा शान्तिश्री परियार र हरि गिरी विमर्शीको स्वर रहेको गीतमा समावेश शब्द र भिडिओलाई लिएर थुप्रैले आलोचना गरिरहेको हो ।

उक्त गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले आगामी दिनमा शब्द र संगीत छनोट गरेर मात्र गीत गाउने बताएकी छन्।

उनले शान्तिश्रीले स्रोता–दर्शकसँग माफी माग्दै आगामी दिनमा गीत छनोटमा सचेत हुने बताइन् ।

बुधबार वक्तव्य जारी गर्दै उनले भनेकी छन्– ‘सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि भिडिओको केही दृश्यहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिपे्रक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी भइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठामाथि र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको हुँदा क्षमाप्रार्थी छु। आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने वाचा गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>