माैसम

बिरामी बोकेर उडेको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवरतण

Banner

काठमाडौँ, साउन १६-

बिरामी बोकेर डोल्पाबाट नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतमा अवतरण गरिएको छ।
लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। तर,बाटोमै मौसम खराब भएपछि लेकवेशी नगरपालिका–६ मा आकस्मिक अवतरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो। मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइपुर्‍याइएको छ।

विरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>