Breaking News
भरतपुरमा कार र मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका अर्का सैनिकको पनि मृत्यु

चितवन, साउन १६-
चितवनमा कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका अर्का सैनिकको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका बन्दिपुर गाउँपालिका–३ बस्ने २६ वर्षीया दिनेश थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलवार साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।
मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको पनि हिजो राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनक प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालयचितवनको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
























