अन्तर्राष्ट्रिय

केरलाको वायनडाँडामा पहिरो: मर्नेको सङ्ख्या १५६ पुग्यो, सयौँ बेपत्ता

Banner

नयाँदिल्ली, साउन १६-

भारतको केरला राज्यको वायनडाँडा जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ । सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ ।

सय जना अझै बेपत्ता भएको बताइएको छ । केही शव नदीमा बगिरहेको देखिएको भन्दै समाचारहरू आएका छन् । वर्षा जारी रहँदा राहत र उद्धार कार्यमा समस्या आइरहेको छ । १ बजेदेखि ५ बजेसम्म चार घण्टाको बिचमा तीन ठाउँबाट पहिरो खसेको थियो ।

मौसम विभागले वायनाडसमेत आसपासको जिल्लामा वर्षासम्बन्धी रेड अलर्ट जारी गरेको छ । जसका कारण हेलिकप्टर उड्न पाइरहेको छैन । जमिनबाटै पहिरो खनेर शव निकाल्ने काम भइरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>