समाचार
प्रधानमन्त्री ओली लगायत नेताको नाममा यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन
०

काठमाडौँ, साउन १६-
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको तर्फबाट आवास अधिकारीले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो ।
उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो । उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।
उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























