Breaking News

बाढी महाशाखाको अलर्ट: चितवन काठमाडौँसहित १५ जिल्लामा उच्च सतर्कता अपनाउनु

Banner

काठमाडौँ, साउन १६-

चितवन, काठमाडौँसहित १५ जिल्लामा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाले आज (बुधबार) बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी गर्दै चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान रहेको जानकारी दिएको हो।

साथै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली, कास्की, पर्वत, दाङ, बाँके, बर्दिया, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा पनि बहाव बढ्ने सम्भावना छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>