मनोरञ्जन

शाहरुखलाई मोतियाबिन्दुको समस्या, उपचारका लागि अमेरिका जाँदै

Banner

काठमाडौँँ, साउन १५-

हालै बलिउड अभिनेता शाहरुख खानले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ। रिपोर्टका अनुसार, उनको आँखामा मोतियाबिन्दुको समस्या रहेको दाबी गरिएको छ।

जुमको रिपोर्ट अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ। जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए।

तर, त्यहाँ उपचार चाहेजसो हुन सकेन।

अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन्। उनी निकट स्रोतका अनुसार शाहरुख ३० जुलाईमा उपचारका लागि अमेरिका जानेछन्।

यद्यपी, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै ‍औपचारिक पुष्टि भएको छैन।

शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ। तर, उनी कामका लागि वा व्यक्तिगत कारणले त्यहाँ जाने हुन् भन्ने टुंगो लागेको छैन।

शाहरुख हालै उनकी आमाको निधन भएपछि साथी निर्देशक फराहलाई भेट्न गएका थिए। जतिबेला शाहरुखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन्।

शाहरुखको पछिल्लोफिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो। हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन्। शाहरुख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>