घटना -दुर्घटना

सौर्य एयरलाइन्स दुर्घटनाः डाक्टरसहित सशस्त्रको १०७ जनाको टोली परिचालन

Banner

काठमाडौँ, साउन ९-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटना उद्धारका लागि सशस्त्र प्रहरीले थप १०७ जना परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार एयरपोर्टमा तैनाथ बाहेक उद्धारका लागि सशस्त्रको थप टोली परिचालन गरिएको हो । १९ नम्बर बगलामुखी विशेष कार्यदल गणबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १०७ जनाको टोलीबाहेक एपीएफ अस्पतालबाट १ जना डाक्टरसहित ५ जना स्वास्थ्यकर्मी खटाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधवार बिहान ११ बजे पोखराका लागि उडेको उक्त ९ एन एएमआई सौर्य एयरलाइन्सको जहाज जमिन छाडने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>