समाचार

प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर, ओलीले सांसदको प्रश्नको जवाफ दिने

Banner

काठमाडौं, साउन ७-

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच आज प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।

संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>