समाचार

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, नेपाली मुद्राको अवमूल्यन

Banner

काठमाडौं, साउन ५-

अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको थियो। खरिद दर १३३ रुपैयाँ ५५ पैसा थियो, जुन अहिलेसम्मकै उच्च हो ।

डलरको मूल्यमा नयाँ रेकर्ड बन्दा नेपाली मुद्राको अवमूल्यन भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपैयाँ सबैभन्दा सस्तो दरमा ओर्लेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर कायम छ।

डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्छ तर आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याजलाई असर गर्ने बताइन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>