मनोरञ्जन

‘सक्किगोनि’ टिमले घोषणा गर्‍यो पहिलो फिल्म ‘लाज शरणम्’

Banner

काठमाडौं, साउन ४-

हास्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ।

शुक्रबार कुमार कट्टेल जिग्री को जन्मदिनको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मका कलाकार र निर्देशकबारे जानकारी दिइयो। सिरियल निर्माणमा लागेको एक दशकपछि जिग्री र पाँडे को टिमले फिल्म बनाउन लागेको हो।

जेपीटी क्रियशनबाट बन्न लागेको फिल्मलाई कुमारले निर्देशन गर्ने भएका छन्। उनकै लेखन रहेको फिल्ममा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे पाँडे र कमलमणि नेपालको अभिनय रहने तय छ।

त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ। पुराना अभिनेता मुकुन्दले यो फिल्मबाट पुनरागमन गर्न लागेका हुन्।

भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नविन श्रेष्ठ र रामनरेश शाह छन्।

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि फिल्मलाई प्रदर्शनमा ल्याइने जनाइएको छ। कार्यक्रममा निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर राम्रो फिल्म बनाउन मेहनत गर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>