बलिउड/हलिउड

अभिनेता प्रभासको फिल्म ‘कल्की’ले २२ दिनमा कमायो ५९९ करोड

Banner

काठमाडौं, साउन ४-

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ले राम्रो कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले २२ दिनमा भारतीय बक्स अफिसमा ५९९ करोड २० लाख भारू कमाएको छ। फिल्मले २२ औं दिन २ करोड ७५ लाख भारू कमाउँदै उक्त आकंडा पार गरेको हो।

यसले विश्वव्यापी रूपमा १,१६० करोड भारू कमाएको छ।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>