अर्थ

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

Banner

काठमाडौं, साउन ४-

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्र बैँकको आज बस्ने बोर्ड बैठकबाट मौद्रिक नीति सार्वजनिक गरिने छ। आजको बैठकमा छलफल टुङ्गियो भने दिउँसो नै मौद्रिक नीति सार्वजनिक हुने स्रोतले बताएको छ।

छलफल सकिएन भने १ बजेपछि अर्को बैठक बसेर भए पनि साँझसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।

मौद्रिक नीति सार्वजनिक गर्नेबारे बिहीवार बसेको राष्ट्र बैँक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिएको छ। छलफल लगत्तै बिहीवारै राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ब्रिफिङ गरेका थिए।

अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकले तयार गरेको छ।

मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित रहने गभर्नर अधिकारले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>