Breaking News

चितवनको माडीमा अति भारी वर्षा

Banner

चितवन, साउन ४-

चितवनको माडीमा अति भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा माडीको गोविन्दवस्तीमा २१८.८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.८ मिलिमिटर पानी परेको छ।

सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ।

त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>