समाचार
होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
०

काठमाडौँ, साउन ३-
हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो।
एक हप्तादेखि मेडिसिटी हस्पिटलमा श्रेष्ठको उपचार भइरहेको थियो। उपचारकै क्रममा श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो ।
दार्जिलिङमा जन्मिएकी अम्बिका श्रेष्ठ द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल आएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























