अन्तर्राष्ट्रिय
इजरायली आक्रमणमा ८१ जनाको मृत्यु
०

रफाह, साउन ३-
इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ ।
गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा ८ ओटा विद्यालयमाथि आक्रमण गरेको प्यालेष्टिनी शरणार्थीका लागि राहत कार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले भनेका छन् ।
गाजामा इजरायलको युद्धमा अहिलेसम्म कम्तीमा ३८ हजार ७९४ जनाको मृत्यु भएको छ भने ८९ हजार ३६४ जना घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























