Breaking News
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका ७६ वर्षीय वृद्धको मृत्यु
०

चितवन साउन ३-
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
मगर आज (बिहीबार) बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको हो ।
पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर दृष्टिविहीनको समस्याका कारण बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























