अन्तर्राष्ट्रिय

श्रीमान अरूसँग व्यस्त भएको भन्दै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

Banner

एजेन्सी,साउन २-

दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जालमार्फत आफ्ना पति शेख मना बिन मोहम्मद बिन रासिद बिन मानासँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेकी छन्। यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा पतिलाई सम्बोधन गर्दै डिभोर्सको घोषणा गरेकी हुन्।

उनले लेखेकी छन्, ‘प्रिय श्रीमान् ! तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु। म तपाइलाई डिभोर्स दिन्छु। म तपाइलाई डिभोर्स दिन्छु। मतपाइलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु। तपाईंकी पूर्वपत्नी !’ उनीहरूको परम्परामा तीनपटक तलाक (सम्बन्ध विच्छेद) तलाक, तलाक भनेपछि सम्बन्ध विच्छेद हुने मानिन्छ। छोरी जन्माएको दुई महिनापछि शिखाले सम्बन्धविच्छेद गरेकी हुन्। यसपछि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् भने प्रोफाइलबाट एकअर्काका सबै तस्बिर हटाएका छन्।

कतिपयले यो जोडीले एकअर्कालाई ब्लक गरेको अनुमान गरेका छन्। कतिपयले शिखा मह्राको एकाउन्ट ह्याक भएको हुनसक्ने आशंका पनि गरेका छन्। उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भई २०२३ मे २८ मा विवाह भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>