खेलकुद
विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको छः सन्दीप लामिछाने
०

काठमाडौं, साउन २-
नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको बताएका छन् ।
बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे ।
कार्यक्रममा वाईवाईले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























