खेलकुद
नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छः पारस खड्का
०

काठमाडौं, साउन २-
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् ।
बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले यस्तो बताएका हुन् ।
उनले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको बताए ।
नेपालले विश्वकपमा बेहोरोको हार दुखद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनको भनाइ छ । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई थप बलियो बनाउन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























