अन्तर्राष्ट्रिय

बैंककको होटेलमा मृत्यु प्रकरणः चियाको कपमा साइनाइड विष भेटियो

Banner

बैंकक, साउन २-

थाइल्यान्डको राजधानी बैंककस्थित एक लक्जरी होटेलको सुटमा बसेका ६ जनाको मृत्यु विष सेवनका कारण भएको रहस्य खुलेको छ । उनीहरूले चिया पिएको कपमा साइनाइड विष फेला परेको हो ।

उक्त घटना बैंककस्थित पाँचतारे होटेल ग्रान्ड हायात इरावनमा भएको थियो । त्यहाँ गोली चलाइएको स्थानीय मिडियाले सुरुमा समाचार दिएका थिए । प्रहरीले ती समाचारको खण्डन गर्दै गोली चलाइएको कुनै प्रमाण नभएको जनाएको छ ।

त्यहाँ मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरू सबै भियतनामका नागरिक भएका जनाइएको छ । तीमध्ये केहीसँग अमेरिकाको पनि नागरिकता रहेको बताइएको छ ।

ती ६ जनाबीच ऋणसम्बन्धी मामिलाका विषयमा विवाद थियो । उनीहरूलाई होटेल स्टाफले चियासहित अरू खानेकुरा ल्याएर राखिदिएका थिए । चिया खाए पनि अरू खानेकुरा उनीहरूले खाएका थिएनन् ।

उक्त होटेलमा बस्न सातजनाले बुकिङ गरेका थिए । तीमध्ये पाँचजनाको मात्र ‘चेक इन’ भएको थियो । एकजनाको त्यहाँ नाम उल्लेख नगरिएको मेट्रोपोलिटन प्रहरी प्रमुख थिटी साइन्गसवाङले जनाएका छन् । कोठामा मृत भेटिएका एक व्यक्ति होटेलको रेकर्डमा नरहेको जनाइएको छ ।

उनीहरू सोमबार ‘चेक आउट’ हुने तय थियो । हाउसकिपरले उनीहरूको शव सुरुमा फेला पारेका थिए । स्काइ न्युजबाट । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>