अन्तर्राष्ट्रिय
गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु
०

गाजा, साउन २-
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् ।
यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य गाजामा भएको थियो। यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको र यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ।
इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई आक्रमण र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























