अन्तर्राष्ट्रिय
ओमानको मश्जिद नजिक गोली चल्यो, चारको मृत्यु
०

मस्कट, साउन १-
ओमानको राजधानी मस्कटको एक मश्जिद नजिक गोली चल्दा चारजनाको मृत्यु भएको छ ।
प्रहरीले जारी गरेको वक्तव्यमा स्थानीय अल वादी अल कबीर क्षेत्रमा भएको सो गोली प्रहारमा केही अन्य मानिस पनि घाइते भएका छन् ।
प्रहरीले थप विवरण भने दिएको छैन ।
एकजना राइफलधारीले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । बहुसंख्यक मुश्लिम समुदाय रहने गरेको ओमानमा यसखालको हिंसा यदाकदा मात्रै हुने गरेको बीबीसीले जनाएको छ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























