समाचार

ओली प्रधानमन्त्री निवास बालुवाटार सरे

Banner

काठमाडौँ, असार ३१-
प्रधानमन्त्रीको शपथ लिएकै दिन केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । उनी बालकोटस्थित निजी निवासबाट सोमबारै बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ ।

आइतबार प्रधानन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकार ढलेसँगै शुक्रबार नै बालुवाटार छाडेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>