Breaking News

बाढीपहिरोमा परी १० दिनसम्म नभेटिए मृतकसरह राहत दिने ओली सरकारको निर्णय

Banner

काठमाडौं,असार ३१-

सरकारले विपद्‍का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि नभेटिएकालाई मृतकसरह राहत दिने निर्णय गरेको छ।आज बसेको केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको हो।

बैठकले बाढी-पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत दिने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्‍ले आगामी २०८२ साल असार मसान्तसम्ममा देशलाई सडक बालबालिका मुक्त बनाउने पनि निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट मैदानलाई ३०० दिनभित्र अन्तरराष्ट्रियस्तरको बनाउने निर्णय गरेको छ। यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउने निर्णय पनि गरेको गुरुङले जानकारी दिए। उनले अब मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य रहने पनि जानकारी गराए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>