चितवन विशेष
नवलपुरको सेहरीमा भेटियो एउटा शव, सिमलताल दुर्घटनाको हुन सक्ने आशंका
०

भरतपुर,असार ३१-
नवलपुरको सेहरीमा एउटा शव फेला परेको छ । नारायणगढ पूलबाट करिब ५० किमी पश्चिममा एउटा शव फेला परेको मध्यविन्दु २ का वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार सिमलताल दुर्घटनामा परेकाको शव हुन सक्ने आशंका गरिएको छ ।
नदी किनारमा पुगेका स्थानीय नेमनारायण महतोले शव देखेपछि खबर गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले शव उठाएर भरतपुर पठाउने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























