Breaking News

सिमलताल दुर्घटनाः वाल्मीकि नहरमा भेटिएका दुई शवको पहिचान खुल्यो

Banner

चितवन, असार ३१-

भारतको वाल्मीकि नहरमा आइतवार फेला परेका दुई वटा शवको पहिचान खुलेको छ । ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिराेज राहुप मियाको भएको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँद्यै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मिया काठमाडौँबाट रुपन्देहीको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार थिए । उनीहरुको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गएराति करिब २ बजेतिर चितवन ल्याइएको थियो ।

वाल्मीकि नहरमा अझै दुई वटा शव फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए । ती शव आज झिकेर चितवन पठाइने उनले बताए । यससँगै हालसम्म फेला परेका १२ शवमध्ये सात वटा शवको पहिचान खुलेको छ भने पाँच वटा शवको सनाखत हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>