समाज

नवलपरासीमा सर्पले टोकेर एक महिलाको मृत्यु

Banner

काठमाडौं, असार ३०-

नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो ।
सर्पको टोकाइबाट बेहास भएकी पाललगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पाललाई जिल्ला अस्पताल परासी पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>