चितवन विशेष
चितवनको गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव,पहिचान हुन बाँकी
०

चितवन, असार ३०-
चितवनको भरतपुर महानगरपालिका –२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी नदीको टापुमा एउटा शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले सो ठाउँमा प्रहरीटोली पुगिसकेको छ ।
शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए अरु सबै बेपत्ता भएका थिए । दुई बसका ६५ जना यात्रु मध्ये अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























