Breaking News

भावी सरकार गठनका लागि संविधानविदसँग शीतल निवासमा राष्ट्रपति पौडेलको छलफल

Banner

काठमाडौं, असार २८-

राष्ट्रपति रामचन्द्र पौडेलले भावी सरकार गठनका लागि संविधानविदहरूसँग परामर्श थालेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार साँझ शीतल निवासमा कानूनविदहरूसँग छलफल गरिरहेका छन् ।

राष्ट्रपति पौडेलका सचिवालय सदस्य चिरन्जिवी अधिकारीका अनुसार छलफलमा संविधानविद् तथा कानूनविदहरू सहभागी छन् । भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानूनविद्हरुलाई बोलाएर छलफल थालेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार विश्वासको मत नपाएर पदमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>