Breaking News

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार

Banner

काठमाडौं,असार २८-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।

सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । १८ महिनाको अवधिमा उनले पाँचौंपटक विश्वासको मत लिए । अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् । नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>