चितवन विशेष
मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दाजु–बहिनी घाइते, दाजुको अवस्था गम्भिर
०

चितवन, असार २७-
भरतपुर महानगरपालिका–२९ भतेरीमा बुधवार राति ९ बजे मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश ३–०३–०२१ प २६२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक भरतपुर–११ बस्ने वर्ष ४८ को कुईके गुरुङ र निजकी बहिनी ४० वर्षीय आइतु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल चालक कुइके गुरुङको टाउको र शरिरमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मोटरसाइकल पछाडी सवार निजको बहिनीको मुखमा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























