मकवानपुर

मकवानपुरमा १० वर्षीया बालिकालाई खोलाले बगायो

Banner

हेटौंडा,असार २६-

मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको हेटौंडा उपमहानगरपालिका १८ हटियाकी १० वर्षीया बालिकालाई बुधबार दिउँसो खोलाले बगाएको हो।

स्थानीय धनबहादुर बलकी १० वर्षकी छोरी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा चिप्लिएर बलौरी खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। प्रहरीका अनुसार आज दिउँसो ३ः३० बजेतिरको समयमा आफ्नो अभिभावकसँगै खेतमा जान लागेकी उनलाई खोलाले बगाएको हो।

प्रहरीले खोज तलासको क्रममा आज साँझ ६ बजेतिर करिब ५ सय मिटर तल बालिकाको शव फेला पारेको बताइएको छ। बालिकाको शव पोष्मार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता भण्डारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>